भक्तपुर जिल्लाको उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम सम्वन्धमा

मितिः२०८२/०७/२६

ने.सं ११४६ कछलागा अष्टमी

 

उत्कृष्ट उद्यमी २०८२ सम्बन्धमा सूचना

 

 

११ औं उद्योग दिवस २०८२ को अवसरमा उद्यमीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले यस जिल्लाका उत्कृष्ट उद्यमीहरूलाई  उत्कृष्ट उद्यमी २०८२ वाट सम्मान गर्ने कार्यक्रम आयोजना गरिने भएको छ । जिल्ला भित्रका लघु, घरेलु, साना, मझौला तथा ठुला उद्योगहरूले बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयबाट जारी नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ अनुसुची २ बमोजिमको निवेदन ढाँचा अनुसार सुचना प्रकाशित भएको दश (१०) दिन भित्र प्रस्ताव पेश गर्नहुन सम्वन्धित सवैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।