वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
क) उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरुः
१. उद्योग दर्ताको निवेदन फाराम (ख)
२. सम्बन्धित व्यक्तिको नागरिकताको फोटोकपी,
३. लिज वा भाडामा भए भाडा सम्झौता/एकाघर परिवार वा सदस्यको नाउँमा लालपूर्जा भए मन्जुरीनामा,
४. उद्योग रहने स्थानको चारकिल्ला प्रमाणित सिफारिस पत्र,
५. पासपोर्ट साइजको फोटो ३ प्रति पत्रकोप्रतिलिपि,
६. सम्बन्धित व्यक्तिको नाममा जग्गाधनी पूर्जाको प्रतिलिपि पेश गर्नुपर्ने,
७. साझेदारी फर्म दर्ताकोलागि साझेदारहरु बीचको कबुलियनामा,
८. चौतर्फि संधियारहरुको सहमति सहितको सर्जमिन मुचुल्का र स्थानीय तह नगरपालिकाको सिफारिस पत्र,
९. उद्योगकोस्तर हेरी उद्योगको स्कीम (आवश्यक पर्नेमा),
१०. कम्पनी दर्ता भै उद्योगको रुपमा दर्तागर्दा शेयरहोल्डरहरूको नागरिकता कम्पनी प्रमाण पत्र, प्रवन्धपत्र, नियमावली, कम्पनी रजिष्टार कार्यालयको पत्र तथा राजश्व तिरेको रसिदको प्रतिलिपिको साथै उद्योग दर्ता गर्दा पेश गर्नु पर्ने अन्य गर्नु पर्नेछ ।
११. प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावलीमा उल्लेख गरिएका उद्योग सम्बन्धित निकायबाट (IEE/EIA स्वीकृत भएको पत्र,
१२. उद्योग व्यवसायको प्रकृति हेरेर सम्बन्धित विभाग निकायकोसहमति अनुमति पत्र पर्यटन, सञ्चार, खाद्य, निर्माण तथा स्वास्थ्य सेवाको हकमा)
१३ निर्माण व्यवसायकोलागि तोकिएकोमेशिन औजारहरु, प्राविधिक जनशक्ति उपलब्धताको प्रमाणपत्र, (मेशनरी उपकरणको कोटेशन विल, कर्मचारी नियुक्तीको पत्र तथा काम गर्ने मन्जुर गरेको प्रतिवद्धता पत्र)
१४. ड्राइभर इन्स्टिच्युट दर्ता गर्न उद्योगीको चालक अनुमति-पत्र र प्रशिक्षण दिने प्रतिवद्धता पत्र तथा पाठ्यक्रम प्रशिक्षकको सवारी चालक अनुमति पत्र पेश गर्नुपर्नेछ,
१५. प्रशिक्षण केन्द्र दर्ता पाठ्यक्रम प्रशिक्षकको योग्यताको प्रमाण पत्र तथा प्रशिक्षण दिने प्रतिवद्धता पत्र,
ख) उद्योग नविकरण गर्दा आवश्यक पर्ने कागजातहरुः
1. उद्योगको सक्कल प्रमाण पत्र,
2. वार्षिक प्रगति प्रतिवेदन
3. गत वर्ष आन्तरिक राजस्व कार्यालयमा कर तिरेको रसिदको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्र
4. निवेदन र नियमानुसार राजश्व बुझाएको बैक भौचर
5. बीस लाख भन्दा माथिकोपूँजी भएको उद्योगको हकमा लेखा परीक्षण प्रतिवेदन (Audit Report) पेश गर्नुपर्नेछ ।
ग) उद्योगको नामसारी गर्दा पेश गर्नुपर्ने कागजहरुः
1. लिनेदिने व्यक्ति कार्यालयमा उपस्थित भईसंयुक्त निवेदन पेश गर्नुपर्ने, उद्योग दर्ताको प्रमाणपत्र,
2. हकछोड (राजिनामा) विक्रिनामा पत्र,
3. आन्तरिक राजश्व कार्यालयको सहमति पत्र (कर चुक्ता प्रमाण पत्र)
4. लिनेको नागरिकताको प्रतिलिपि र ३ प्रति पासपोर्ट साईजको फोटो
5. मृत्यु भैनामसारी गर्नुपरेमा मृत्युदर्ता प्रमाण पत्र र अन्य अंशियार भए निजहरुकोसहमति/ मन्जुरीनामा, नाता प्रमाणित र सनाखत सहितको निवेदन पेश गर्नुपर्ने,
6. बैंकवाट रोक्का भएकोभए सहमति पत्र,
7. बीस लाख भन्दा माथिकोपूँजी भएकोउद्योगकोहकमा लेखा परीक्षण प्रतिवेदन (Audit Report) पेश गर्नुपर्नेछ ।
घ) ठाउँसारी गर्दा पेश गर्नुपर्ने कागजातहरुः
1. ठाँउसारी गरी पाँउ भन्ने कारण सहितकोनिवेदन,
2. सम्बन्धित ठाँउको सर्जमिन मुचुल्का, जग्गा धनी पुर्जाको प्रतिलिपि, सम्बन्धित नगरपालिकाको सिफारिस पत्र,
3. आन्तरिक राजश्व कार्यालयको सकरात्मक प्रतिक्रिया,
4. आई.ई.ई. स्वीकृत पत्र (आवश्यकता अनुसार) ।
5. सक्कल प्रमाण पत्र,
6. आवश्यकता अनुसार अन्य कागजपत्र
ङ) पूँजीबृद्धि, क्षमताबृद्धि तथा उद्देश्य थपघट गर्दा पेश गनुपर्ने आवश्यक कागजातहरुः
1. पूँजीबृद्धि, क्षमता बुद्धि तथा उद्देश्य थपघट गर्नुपर्नेकारण सहितको निवेदन पत्र सहित (ख) फाराम भर्ने।
2. मेशिन औजार थपघट गरी पूँजी बृद्धि गर्नुपरेमा सोअनुसार मेशिन औजारकोकोटेशन/बिल
3. संशोधित परियोजना (स्किम आवश्यकता अनुसार)
4. सक्कल प्रमाण पत्र,
5. आवश्यकता अनुसार अन्य कागजपत्र
च) उद्योगको लगत कट्टा (खारेजी) गर्दाः
1. उद्योग खारेजी गर्नुपरेकोकारण सहित निवेदन,
2. सक्कल प्रमाण पत्र, अध्यावधिक वा नविकरण भएकोहुनुपर्ने,
3. आन्तरिक राजस्व कार्यालयमा राजस्व तिरेकोरसिद, कर चुक्त प्रमाणपत्र,
4. उद्योगी स्वयमको उपस्थिति हुनपर्ने।
क) प्राइभेट फर्म दर्ताकोलागि आवश्यक कागजहरुः
1. निर्धारित ढाँचाकोदरखास्त फाराम, अनलाईन फाराम भर्नुपर्ने,
2. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
3. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
4. औषधी व्यवसाय दर्ता गर्दा औषधी व्यवस्था विभागको सिफरिस पत्र,
5. विषादीजन्य व्यवसाय दर्ताको लागि सम्बन्धित कृषि विकास कार्यालयको सिफारिस पत्र,
6. कार्यालयले तोकिएको अन्य आवश्यक कागजात (सम्झौता, जग्गाधनि पुर्जा, तिरोतिरेको रसिद)
ख) प्राइभेट फर्म नविकरणका लागि आवश्यक कागजातहरुः
1. नविकरणका लागि तोकिएको ढाँचाको निवेदन, अनलाईन फाराम भर्नुपर्ने,
2. फर्म दर्ताको सक्कल प्रमाण पत्र,
3. अघिल्लो आ.व. को कर तिरको निस्सा, कर चुक्ता प्रमाणपत्र,
4. बीस लाख भन्दा माथिको पूँजी माथिको पूँजी भएका उदोगको हकमा लेखा परीक्षण प्रतिवेदन (Audit Report) अर्निवार्यपेश गर्नुपर्नेछ।
ग) प्राइभेट फर्मकोव्यहोरा संशोधन, कारेवार थप र प्रतिलिपि सम्बन्धी प्रावधानः
1. फर्मकोनाम, ठेगाना, उदेश्य, कारेवार परिवर्तन तथा शाखा, पूँजी हेरफेर गर्नचाहेमा निवेदन दिई आवश्यक संशोधन गर्नसक्नेछ ।
2. कुनैकारणवस फर्मदर्ताकोप्रमाणपत्रको प्रतिलिपि लिनुपर्नेभए फर्मधनी सक्कल नागरिकताको प्रमाण पत्र र दुईप्रति फोटोसहित स्वंयम उपस्थित भईनिवेदन दिनपर्नेछ ।
3. मनिचेन्जर कारेवार भएकोफर्ममा मनि ट्रान्सर बाहेक अन्य कारेवार थप हुनेछैन ।
घ) प्राइभेट फर्मको व्यहोरा संशोधन, कारोवार थप र प्रतिलिपिका लागि आवश्यक कागजातहरुः
1. तोकिएकोढाँचाकोनिवेदन, अनलाईन फाराम भर्नुपर्ने,
2. फर्म दर्ताको सक्कल प्रमाण पत्र
3. अघिल्लोआ.व. कोकर तिरकोनिस्सा (कर चुक्ता प्रमाण पत्र)
4. बीस लाख भन्दा माथिकोपूँजी माथिकोपूँजी भएका उदोगकोहकमा लेखा परीक्षण प्रतिवेदन (Audit Report) अर्निवार्यपेश गर्नुपर्नेछ ।
ङ) प्राइभेट फर्मकोलगत कट्टा/खारेजी गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातपत्रहरुः
1. लागत कट्टा गरी पाँउ भन्ने निवेदन,
2. आन्तरिक राजश्व कार्यालयको सहमति पत्र, कर चुक्ता प्रमाण पत्र,
3. अध्यावधिक नविकरण भएको प्रमाण पत्र,
4. बीस लाख भन्दा माथिको पूँजी माथिको पूँजी भएका उदोगको हकमा लेखा परीक्षण प्रतिवेदन (Audit Report) अर्निवार्यपेश गर्नुपर्नेछ ।