आफ्नो अधिकार क्षेत्रभित्र रही उद्योगहरुको दर्ता र नविकरण पूँजी तथा क्षमता वृद्धी, उदेश्य थप, नामसारी, ठाउँसारी तथा दर्ता खारेज सम्बन्धी कार्य गर्ने,
आफ्नो अधिकार क्षेत्रभित्र पर्ने उद्योगको प्रारम्भिक वातावरणीय परिक्षण (IEE) को कार्यक्षेत्रगत शर्त (TOR) र प्रतिवेदन स्वीकृतको लागि आवश्यक कागजातहरु सहित निर्देशनालयमा सिफारिस गरी पठाउने,
आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने विषयको हकमा आवश्यक कागजातहरु सहित निर्देशनालयमा पेश गर्ने,
कार्यालयबाट सम्पादन हुने कार्यको अद्यावधिक अभिलेख राख्ने,
आवश्यकता अनुसार उद्योगको निरिक्षण गर्ने, देखिएका समस्याको छानविन गरी समाधान गर्ने र निर्देशनालयमा पेश गर्नुपर्नेमा पेश गर्ने
वाणिज्य
व्यवसायको दर्ता वा अनुमति, नविकरण, खारेजी लगायतको नियमन गर्ने,
व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुको संख्या, व्यवसायको प्रकृति लगायत व्यापार व्यवसाय सम्वन्धी तथ्यांक अद्यावधिक गर्ने,
अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको सूचना संकलन, विश्लेषण, प्रक्षेपण र आपूर्ति व्यवस्था सम्वन्धि कार्य गर्ने,
कानुनको अधिनमा आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन र सिन्डिकेड तथा कार्टेलिङ्ग नियन्त्रण सम्वन्धी कानुन कार्यान्वयन गर्ने,
संघ, प्रदेश र स्थानीय तहका सरोकारवाला निकाय तथा संघ सस्थासंग समन्वय गरी व्यापार सहजीकरण गर्ने,
व्यापार व्यवसाय विकास विस्तार, प्रवर्द्धन र नियमन सम्वन्धी अन्य काम कारबाही गर्ने।
बजार अनुगमन उपभोक्ता अधिकार संरक्षण
उपभोक्ता संरक्षण ऐन अनुसार बजार अनुगमन सम्वन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी वनाउने,
अत्यावश्यक वस्तु तथा सेवाको मुल्यसूचि संकलन र विष्लेषण गरी सार्वजनिक गर्ने,
अत्यावश्यक वस्तुको माग, आपूर्ति, स्टकको स्थितिको निरन्तर अनुगमन र कारवाही लगायतका तथ्य तथा विवरणहरुको विद्युतिय अभिलेख तयार एवं विष्लेषण गरी सार्वजानिक गर्ने,
उपभोक्ता अधिकार र स्वच्छ व्यवसायीको सचेतना अभिवृद्धि सम्वन्धी कार्यक्रमहरु संचालन गर्ने,
उपभोक्ताको हक हित संरक्षण सम्वन्धी अन्य काम कारवाही गर्ने।
प्रवर्द्धनात्मक कार्य
स्वीकृत वार्षिक कार्यक्रम अनुसार सीपमुलक तथा उद्यमशिलता विकास तालिम संचालन तथा अनुगमन गर्ने.
स्वीकृत वार्षिक कार्यक्रम अनुसार उद्योगीहरूलाई प्रविधि अनुदानमा हस्तान्तरण गर्ने,
वार्षिक कार्यक्रम अनुसार औद्योगिक संभाव्यता, तालिमको प्रभावकारीता, तालिमको बजार मागको अध्ययन आदि गर्ने गराउने.
व्यापार व्यवसाय प्रवर्द्धनको लागि गोष्ठी, अन्तरक्रिया सम्वन्धी कार्य गर्ने।