उद्योग

  • आफ्नो अधिकार क्षेत्रभित्र रही उद्योगहरुको दर्ता र नविकरण पूँजी तथा क्षमता वृद्धी, उदेश्य थप, नामसारी, ठाउँसारी तथा दर्ता खारेज सम्बन्धी कार्य गर्ने,
  • आफ्नो अधिकार क्षेत्रभित्र पर्ने उद्योगको प्रारम्भिक वातावरणीय परिक्षण (IEE) को कार्यक्षेत्रगत शर्त (TOR) र प्रतिवेदन स्वीकृतको लागि आवश्यक कागजातहरु सहित निर्देशनालयमा सिफारिस गरी पठाउने,
  • आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने विषयको हकमा आवश्यक कागजातहरु सहित निर्देशनालयमा पेश गर्ने,
  • कार्यालयबाट सम्पादन हुने कार्यको अद्यावधिक अभिलेख राख्ने,
  • आवश्यकता अनुसार उद्योगको निरिक्षण गर्ने, देखिएका समस्याको छानविन गरी समाधान गर्ने र निर्देशनालयमा पेश गर्नुपर्नेमा पेश गर्ने

वाणिज्य

  • व्यवसायको दर्ता वा अनुमति, नविकरण, खारेजी लगायतको नियमन गर्ने,
  • व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुको संख्या, व्यवसायको प्रकृति लगायत व्यापार व्यवसाय सम्वन्धी तथ्यांक अद्यावधिक गर्ने,
  • अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको सूचना संकलन, विश्लेषण, प्रक्षेपण र आपूर्ति व्यवस्था सम्वन्धि कार्य गर्ने,
  • कानुनको अधिनमा आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन र सिन्डिकेड तथा कार्टेलिङ्ग नियन्त्रण सम्वन्धी कानुन कार्यान्वयन गर्ने,
  • संघ, प्रदेश र स्थानीय तहका सरोकारवाला निकाय तथा संघ सस्थासंग समन्वय गरी व्यापार सहजीकरण गर्ने,
  • व्यापार व्यवसाय विकास विस्तार, प्रवर्द्धन र नियमन सम्वन्धी अन्य काम कारबाही गर्ने।

बजार अनुगमन उपभोक्ता अधिकार संरक्षण

  • उपभोक्ता संरक्षण ऐन अनुसार बजार अनुगमन सम्वन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी वनाउने,
  • अत्यावश्यक वस्तु तथा सेवाको मुल्यसूचि संकलन र विष्लेषण गरी सार्वजनिक गर्ने,
  • अत्यावश्यक वस्तुको माग, आपूर्ति, स्टकको स्थितिको निरन्तर अनुगमन र कारवाही लगायतका तथ्य तथा विवरणहरुको विद्युतिय अभिलेख तयार एवं विष्लेषण गरी सार्वजानिक गर्ने,
  • उपभोक्ता अधिकार र स्वच्छ व्यवसायीको सचेतना अभिवृद्धि सम्वन्धी कार्यक्रमहरु संचालन गर्ने,
  • उपभोक्ताको हक हित संरक्षण सम्वन्धी अन्य काम कारवाही गर्ने।

प्रवर्द्धनात्मक कार्य

  • स्वीकृत वार्षिक कार्यक्रम अनुसार सीपमुलक तथा उद्यमशिलता विकास तालिम संचालन तथा अनुगमन गर्ने.
  • स्वीकृत वार्षिक कार्यक्रम अनुसार उद्योगीहरूलाई प्रविधि अनुदानमा हस्तान्तरण गर्ने,
  • वार्षिक कार्यक्रम अनुसार औद्योगिक संभाव्यता, तालिमको प्रभावकारीता, तालिमको बजार मागको अध्ययन आदि गर्ने गराउने.
  • व्यापार व्यवसाय प्रवर्द्धनको लागि गोष्ठी, अन्तरक्रिया सम्वन्धी कार्य गर्ने।