परिचय

उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको वेबसाइटमा तपाईलाई हार्दिक स्वागत छ |

office buildingघरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन तथा विकास सम्बन्धी कार्यलाई प्रभावकारी रुपमा संचालन गरी संस्थागत रुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले गठन आदेश २०३१ बमोजिम घरेलु तथा ग्रामिण उद्योग विकास समितिको स्थापना भएको हो । परिवर्तित परिप्रेक्ष्यमा नेपाल सरकारबाट घरेलु तथा साना उद्योगहरुको विकास र विस्तारका लागि संस्थागत रुपमा उद्योग प्रशासन सम्बन्धी सेवा प्रदान तॆगर्न वि.सं २०४९ सालमा साना उद्योगको समेत प्रशासन गर्ने गरी “घरेलु तथा साना उद्योग विभाग” नामाकरण गरिए पश्चात् साविकका क्षेत्रीय कार्यालयहरु खारेज गरी जिल्ला स्तरीय कार्यालयमा कायम गरियो । खास गरेर तालिम कार्यक्रममा दोहोरोपन हटाउन र मितव्ययिता अपनाउन ७५ जिल्ला मध्ये २७ जिल्ला घरेलु तथा साना उद्योग विभाग अन्तर्गत र ४८ जिल्ला घरेलु तथा साना उद्योग विकास समिति अन्तर्गत राखी कार्य संचालन गर्ने नीति अख्तियार गरियो । यसै अनुरुप मुलुक संघीय संरचनामा प्रवेश गरे पश्चात साविकमा नेपाल सरकार, उद्योग मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग विकास समिति मातहतमा संचालित यस कार्यालय केही समय स्थानीय तहमा उद्योग विकास शाखाको रुपमा रहेकोमा प्रदेश सरकारको स्थापना भएपश्चात २०७५ साल देखि २०७८ सालसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत, २०७८ देखि २०७९ सम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, २०७९ देखि २०८० सम्म पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय मातहत तथा २०८० साल भाद्र देखि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तरगत रही घरेलु तथा साना उद्योग तथा वाणिज्य प्रशासनका अलावा विविध किसिमका उद्यमशिलता विकास, सीप विकास, क्षमता अभिवृद्धि तथा उपभोक्ता हक हित संरक्षण सम्बन्धी कार्यहरु गदै आईरहेको छ । वाणिज्य विभाग, ववरमहलवाट हुदै आएको वाणिज्य प्रशासनतर्फको कार्य आ.व.०७७/०७८ को मिति २०७७ फागण १ गतेवाट स्थानीय व्यापार/व्यवसायको वाणिज्य प्रशासनको कार्य यस कार्यालवाट गदै आईरहेको छ ।